चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालका महत्वपूर्ण सदस्यविरुद्ध अमेरिकामा मुद्दा दायर « Khabarhub

चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालका महत्वपूर्ण सदस्यविरुद्ध अमेरिकामा मुद्दा दायर


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालका महत्वपूर्ण सदस्यविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ । क्यालिफोर्निया बस्ने ४१ वर्षीय यान लिनविरुद्ध सिनसिनाटीको अदालतमा मुद्दा दायर गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

उनीमाथि मेक्सिकोमा लागूऔषध कारोबारबाट प्राप्त दशौँ लाख डलर बराबरको कालोधनलाई सेतो बनाइ सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । उनले सन् २०२२ को मार्चदेखि सन् २०२४ को अक्टोबर महिनासम्म मेक्सिकोमा रहेका लागूऔषध कारोबारीसँग मिलेर काम गरेको जनाइएको छ ।

त्यस क्रममा उनले फेन्टानिल, कोकेन, मेथाम्फेटामाइनजस्ता लागूऔषधको बिक्रीबाट प्राप्त सम्पत्ति शुद्धीकरण गरेका थिए । उनले ठूलो परिमाणको नगद आफ्ना साझेदारलाई दिने गरेको र उक्त नगदबाट खरिद गरिएका विद्युतीय सामग्री हङकङ, चीन र अन्यत्र निर्यात गरेको जनाइएको छ ।

यसबाट उनले कमिसन लिने गरेका थिए । सन् २०२४ मा मात्रै उनले २ करोड ७४ लाख अमेरिकी डलर बराबरको नगद अमेरिकाका विभिन्न ठाउँ पु¥याएका थिए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : ०६ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण