चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालका महत्वपूर्ण सदस्यविरुद्ध अमेरिकामा मुद्दा दायर « Khabarhub

चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालका महत्वपूर्ण सदस्यविरुद्ध अमेरिकामा मुद्दा दायर


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालका महत्वपूर्ण सदस्यविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ । क्यालिफोर्निया बस्ने ४१ वर्षीय यान लिनविरुद्ध सिनसिनाटीको अदालतमा मुद्दा दायर गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

उनीमाथि मेक्सिकोमा लागूऔषध कारोबारबाट प्राप्त दशौँ लाख डलर बराबरको कालोधनलाई सेतो बनाइ सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । उनले सन् २०२२ को मार्चदेखि सन् २०२४ को अक्टोबर महिनासम्म मेक्सिकोमा रहेका लागूऔषध कारोबारीसँग मिलेर काम गरेको जनाइएको छ ।

त्यस क्रममा उनले फेन्टानिल, कोकेन, मेथाम्फेटामाइनजस्ता लागूऔषधको बिक्रीबाट प्राप्त सम्पत्ति शुद्धीकरण गरेका थिए । उनले ठूलो परिमाणको नगद आफ्ना साझेदारलाई दिने गरेको र उक्त नगदबाट खरिद गरिएका विद्युतीय सामग्री हङकङ, चीन र अन्यत्र निर्यात गरेको जनाइएको छ ।

यसबाट उनले कमिसन लिने गरेका थिए । सन् २०२४ मा मात्रै उनले २ करोड ७४ लाख अमेरिकी डलर बराबरको नगद अमेरिकाका विभिन्न ठाउँ पु¥याएका थिए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : ०६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२