काठमाडौं- भारतमा विद्युतीय सवारीको बिक्री ह्वात्तै बढेको पाइएको छ । सन् २०२५ मा भारतमा विद्युतीय सवारीको बिक्री २३ लाख पुगेको छ ।
यो सर्वेक्षण अवधिमा भारतमा दर्ता भएका कुल सवारीमध्ये ८ प्रतिशत हो । वाहन पोर्टल डेटामा आधारित रहेर भारत ऊर्जा भण्डारण साझेदारीले जारी गरेको प्रतिवेदनमा अघिल्लो वर्ष विद्युतीय सवारीको प्रयोग क्रमशः बढेको जनाइएको छ ।
सन् २०२५ मा भारतमा कुल २ करोड ८२ लाख सवारी दर्ता गरिएको थियो । यसमध्ये २ करोडभन्दा धेरै अर्थात् ७२ प्रतिशत सवारी दुईपाङ्ग्रे छन् ।
यसमा यात्रुवाहक सवारी भने ४४ लाख युनिट छन् । त्यसैगरी, ट्र्याक्टर र कृषिका लागि उपयोग हुने सवारी १० लाख ६० हजार छन् ।













प्रतिक्रिया