आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै « Khabarhub

आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज आयरल्याण्ड र ओमान, इंग्ल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयरल्याण्ड र ओमानबीच खेल हुनेछ । खेल श्रीलंकाको कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका दुई खेलमा दुवैले हार बेहोरेका छन् ।

यस्तै, आजको दोस्रो खेलमा समूह ‘सी’ मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दुई/दुई खेल खेलेका इंग्ल्याण्ड र स्कटल्याण्डले एक/एकमा जित र एक/एकमा पराजय भोगेका छन् । 

यसैगरी, आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘डी’ का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल अहमदाबादमा बेलुका सवा ७ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा जित निकालेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका समान ४/४ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ९ : २७ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि