आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै « Khabarhub

आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज आयरल्याण्ड र ओमान, इंग्ल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयरल्याण्ड र ओमानबीच खेल हुनेछ । खेल श्रीलंकाको कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका दुई खेलमा दुवैले हार बेहोरेका छन् ।

यस्तै, आजको दोस्रो खेलमा समूह ‘सी’ मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दुई/दुई खेल खेलेका इंग्ल्याण्ड र स्कटल्याण्डले एक/एकमा जित र एक/एकमा पराजय भोगेका छन् । 

यसैगरी, आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘डी’ का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल अहमदाबादमा बेलुका सवा ७ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा जित निकालेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका समान ४/४ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ९ : २७ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार