प्रचण्डबाट शान्तियात्रा तय गर्ने तत्कालीन माओवादीको ऐतिहासिक बैठकस्थल चुनबाङ भ्रमण « Khabarhub

प्रचण्डबाट शान्तियात्रा तय गर्ने तत्कालीन माओवादीको ऐतिहासिक बैठकस्थल चुनबाङ भ्रमण


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन नेकपा (माओवादी)को ऐतिहासिक बैठकस्थल चुनबाङको भेरीडाँडा पुगेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वका उम्मेदवार समेत रहेका प्रचण्डले मतदाता भेटघाटको क्रममा आज बिहान तत्कालीन माओवादीको केन्द्रीय समिति बैठक स्थलको भ्रमण गरेका हुन् ।

२०६२ साल असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ।

संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गरेका छन् । आफ्ना पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक भएका प्रचण्डले नेपाली क्रान्तिमा उनीहरूको योगदान रहेको सङ्क्षिप्त प्रतिक्रिया दिए ।

मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा उनले चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ  डोहोर्‍याएकाे बताए । उनले रुकुम क्रान्तिको सुरुवात र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको बताए ।

प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको छ भने पुथा उत्तर गाउँपालिकाको तकसेरा पुगेर मतदातासँग भेट गर्नेछन् ।

प्रचण्ड मतदाता भेटघाटका लागि तीन दिनदेखि रूकुम पूर्वमा छन् ।  रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १२ : ३२ बजे

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली– सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

झापा– राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा