प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा « Khabarhub

प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रणय दिवसका अवसरमा शनिबार अधिकांश युवायुवती प्रेमी–प्रेमिकासँग रमाइरहेका बेला केही युवाले भने दिनलाई फरक ढंगले मनाएका छन्।

लायन्स लियो क्लब अफ काठमाडौं निर्वणाका युवाहरूले राजधानीस्थित पशुपति वृद्धाश्रम मा पुगेर वृद्धवृद्धाको सेवा गरेका हुन्।क्लबका सदस्यहरूले वृद्धवृद्धाको हेरचाह गर्दै उनीहरूसँग समय बिताए, माया साटासाटसँगै आवश्यक सहयोग प्रदान गरे।

कार्यक्रम संयोजक राजन खनालका अनुसार प्रणय दिवसलाई केवल फूल साटासाट, डेटिङ, डिस्को र क्याफेमा सीमित नगरी सामाजिक भावनासहित मनाउने उद्देश्यले सेवा कार्यक्रम आयोजना गरिएको हो।

उनले भने, ‘प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाउनेभन्दा हामीले सामाजिक भावनाले पशुपतिमा रहनुभएका वृद्धवृद्धाको सेवा गर्ने निर्णय गरेका हौं।’

उनका अनुसार युवाहरूको सहभागिताले वृद्धवृद्धामा उत्साह थपिएको थियो। क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १२ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली