मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर भयो : राप्रपा « Khabarhub

मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर भयो : राप्रपा


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले राष्ट्रिय एकता र सामाजिक, धार्मिक सद्भाव खल्बलिन पुगेको, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधता भएको नेपालजस्तो मुलुकमा विविधतालाई एकतामा जोड्ने संयन्त्र र संरचनाहरु कमजोर र ध्वस्त बनाइएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

‘राष्ट्रिय एकताका आधारहरु भत्काइएको छ । मुलुकको पहिचान समाप्ति उन्मुख छ । राष्ट्रिय पहिचान र ईतिहास मेटाउने गम्भीर षड्यन्त्र भैरहेको छ ।’ घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले घोषणापत्रलाई ‘संकल्पपत्र’ नाम दिएको छ । पार्टीले घोषणापत्रमा हिन्दू राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजीजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएको छ ।

घोषणापत्रमा पार्टीले अबको गन्तव्य पृथ्वीपथमा आधारित सबल, समृद्ध र समुन्नत नेपाल रहेको जनाएको छ ।

पार्टीले मलुकको राजनीति राजनीतिक दल र नेताको विकासका लागि भएपनि देश र जनताका विकासका लागि हुन नसकेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ३ : ०६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली