मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर भयो : राप्रपा « Khabarhub

मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर भयो : राप्रपा


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले राष्ट्रिय एकता र सामाजिक, धार्मिक सद्भाव खल्बलिन पुगेको, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधता भएको नेपालजस्तो मुलुकमा विविधतालाई एकतामा जोड्ने संयन्त्र र संरचनाहरु कमजोर र ध्वस्त बनाइएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

‘राष्ट्रिय एकताका आधारहरु भत्काइएको छ । मुलुकको पहिचान समाप्ति उन्मुख छ । राष्ट्रिय पहिचान र ईतिहास मेटाउने गम्भीर षड्यन्त्र भैरहेको छ ।’ घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले घोषणापत्रलाई ‘संकल्पपत्र’ नाम दिएको छ । पार्टीले घोषणापत्रमा हिन्दू राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजीजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएको छ ।

घोषणापत्रमा पार्टीले अबको गन्तव्य पृथ्वीपथमा आधारित सबल, समृद्ध र समुन्नत नेपाल रहेको जनाएको छ ।

पार्टीले मलुकको राजनीति राजनीतिक दल र नेताको विकासका लागि भएपनि देश र जनताका विकासका लागि हुन नसकेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ३ : ०६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग