विगतका शासक दलकै असफलताले वर्तमान संकटमा : उपेन्द्र यादव « Khabarhub

विगतका शासक दलकै असफलताले वर्तमान संकटमा : उपेन्द्र यादव


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंको राष्ट्रिय प्रेस क्लबमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विगतमा सरकार सम्हालेर दुई तिहाइ दावी गर्ने दलहरूको असफलता, अकर्मण्यता र अदूरदर्शिताका कारणले मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको र ८४ को निर्वाचन ८२ मा गर्ने अवस्था बनेको आरोप लगाएका हुन् । 

जेन-जी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरूलाई हल गरेर चुनाव गरेको भए आगामी संसद् थप प्रभावकारी हुने भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

यादवले जेजस्तो परिस्थिति भएपनि चुनाव नजिकिँदै गएकाले मुलुक र जनताको समस्या हल हुने गरि अघि बढ्नुपर्नेमा जोड दिए ।

मुलुकमा लोकतन्त्र जोगिएपनि संविधानमा संघीयताको संरचना अझै पनि मिल्न नसकेको उनले बताए । उनले अव शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राखे ।

उनले निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणा पत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरिने देखि स्वदेशमा नै रोजगारी, निशुल्क स्वास्थ्य, शिक्षा, सम्पती छानविन लगायतका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ५ : २२ बजे

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

झापा– राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित