सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस « Khabarhub

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र विभिन्न चुनावी आँकलनलाई मतदानको आधार मान्न नसकिने स्पष्ट पारेको छ।

शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिने टिप्पणी वा अनुमानले वास्तविक जनमत प्रतिनिधित्व नगर्ने बताए। उनले जनताको विश्वास मतपत्रबाट मात्रै प्रष्ट हुने उल्लेख गर्दै जनताको निर्णय नै शासनको वैधताको आधार हुने धारणा राखे।

प्रवक्ता चालिसेले निर्वाचनपछि प्राप्त मतादेशलाई कांग्रेसले सहज रूपमा स्वीकार गर्ने पनि बताए। उनले आसन्न निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढेको उल्लेख गर्दै उम्मेदवारहरू सिद्धान्तका प्रतीक भएको दाबी गरे। ती उम्मेदवारलाई विजयी गराउने दायित्व सबै नेता तथा कार्यकर्ताको रहेको उनको भनाइ छ।

उनले फागुन ३ गते आइतबार चुनावी घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिँदै त्यसपछि नियमित प्रचार कार्यक्रमसँगै घोषणापत्र केन्द्रित विभिन्न कार्यक्रम आयोजना गरिने बताए।

घोषणापत्रमा मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन र विकासका लागि समयसीमा सहितको कार्ययोजना प्रस्तुत गरिने प्रवक्ता चालिसेको भनाइ छ। साथै शासकीय सुधार र जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ६ : २६ बजे

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना