गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी « Khabarhub

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति क्षेत्रमा जानु भई भक्तालुहरुलाई पशुपति दर्शनका लागि गरिएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन् ।

गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा मन्त्रालयका उच्चपदस्थ पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेको मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले कोषले गरेको तयारीबारे जानकारी गराए ।

सुरक्षा व्यवस्था तयारीबारे ‘ब्रिफिङ’का क्रममा काठमाडौँ प्रहरी प्रमुख रमेश थापाले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान गरी कुल ६ हजार सुरक्षाकर्मी खटिने गरी तयारी गरीएको तथा प्रत्येक सिफ्टमा मात्र एक हजार २०० सुरक्षाकर्मी खटिने जानकारी दिए ।

यसैगरी, स्थानीय तह, पशुपति क्षेत्र विकास कोष, नेपाल स्काउट तथा सुरक्षा निकायको समन्वयमा ‘हेल्प डेस्क’को व्यवस्था गरिएको र भीडमा हुनसक्ने चोरी, पाकेटमार, लागूपदार्थ सेवन तथा सम्भावित दुव्र्यवहारलगायतलाई नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौँ प्रहरी प्रमुख थापाले बताए ।

सुरक्षा व्यवस्थाबारे जानकारी लिएपश्चात् मन्त्री अर्यालले दर्शनार्थीलाई सहज दर्शनको व्यवस्था मिलाउन तथा सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष महाशिवरात्रि पर्वमा अन्दाजी सात लाख दर्शनार्थीले दर्शन गर्ने अनुमान गरीएको छ । कोषले दर्शनलाई सहज बनाउन आइतबार बिहान २ः०० बजेदेखि पशुपतिका चारवटै ढोका खुल्ला रहने जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ८ : ५७ बजे

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन

सामुदायिक वनको १२ लाख हिनामिना : रास्वपा नेता अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समितिको रकम