अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान « Khabarhub

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् ।

विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका किसान व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती विस्तार गर्न सक्रिय भएका हुन् । किसानहरूले बारीमा मल्चिङ प्रविधि प्रयोग गरी खुर्सानीखेती गर्न थालेका छन् । यस प्रविधिले बिरुवाको वृद्धि राम्रो हुने, झारपात कम उम्रने र गोडमेल गर्न सजिलो हुने भएकाले किसानहरूले यसको प्रयोग बढाउँदै लगेका छन् ।

भोजपुर नगरपालिका–५ का किसान कमला थापाका अनुसार अहिले बोखिम क्षेत्रका किसान खुर्सानीखेतीका लागि जमिन तयारी गर्ने, मल्चिङ प्लास्टिक बिछ्याउने र बेर्ना सार्ने काममा व्यस्त छन् । अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरूले विगत केही वर्षदेखि यसलाई व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।

यहाँ सडक पहुँच विस्तार भएसँगै उत्पादन भएको खुर्सानी बजारसम्म पुर्याउन सहज भएको छ । यही कारणले पनि हरेक वर्ष व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको किसानहरूको भनाइ छ ।

भोजपुरमा विशेषगरी पौवादुङमा गाउँपालिकामा अकबरे खुर्सानीको बढी खेती हुने गरेको छ । यसबाहेक भोजपुर नगरपालिका, अरुण गाउँपालिका र षडानन्द नगरपालिकाका किसानले पनि व्यावसायिक रूपमा खुर्सानीखेती गर्दै आएका छन् ।

टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा समेत सीमित मात्रामा खुर्सानीखेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत आर्थिक वर्ष जिल्लामा करिब ६०९ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती गरिएको थियो । पछिल्लो समय अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या र खेती क्षेत्र दुवै बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १० : १३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच