निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई « Khabarhub

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जाल, गलत सूचना र डीपफेकको प्रभाव देखिएको बताएका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटलाई शनिबार बिहान सम्बोधन गर्दै उनले डिजिटल प्लेटफर्महरू आधुनिक सूचना युद्धका माध्यम बनेको बताए ।

उनले नेपालमा युवाले नेतृत्व गरेको राजनीतिक परिवर्तनप्रति सावधानीपूर्ण आशा व्यक्त गर्दै लोकतन्त्रमा नयाँ पुस्ताको उभार देखिएको बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले दक्षिण एसियामा विश्वकै ठूलो युवा जनसंख्या रहेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई पहिलो एआई–नेटिभ राजनीतिक पुस्ताको उदयस्थल भनेका छन्। युवा केवल प्रविधि उपभोक्ता नभई निर्माता र नियन्त्रक बन्नुपर्ने उनको सुझाव थियो।

भट्टराईले एआई नियति नभई राजनीतिक छनोट भएको बताएका छन् । उनले एआईलाई लोकतन्त्रको शत्रु नभई शक्तिको केन्द्रीकरण नै मुख्य खतरा भएको बताए। यदि प्रविधि लोकतान्त्रिक नियन्त्रण, नैतिकता र मानव हितमा प्रयोग गरियो भने यसले लोकतन्त्रलाई बलियो बनाउन सक्ने बताएका उनले अन्यथा विश्व असमानता र अस्थिरता बढ्न सक्न चेतावनी दिए ।

उनले भने, ‘एआईको भविष्य नियति होइन, यो आजका राजनीतिक र नैतिक निर्णयहरूको परिणाम हो ।’

उनले विशेष रूपमा नेपाल–भारत सम्बन्ध, दक्षिण एसियाको भूमिका र विश्वव्यापी डिजिटल शक्ति सन्तुलनबारे गम्भीर टिप्पणी समेत गरेका छन्। उनले भारतको प्रशंसा गर्दै दुई देशबीचको निकटताको व्याख्या गरेका छन् ।

भट्टराईले हालै सम्पन्न एआई सम्मेलन र ‘सर्वजन हिताय, सर्वजन सुखाय’ अवधारणाको प्रशंसा गर्दै भारतले प्रविधिलाई मानव हितसँग जोड्ने प्रयास गरेको बताए । भारतमा अध्ययन गरेको अनुभव र नेपालको छिमेकीका रूपमा आफूलाई गर्व लागेको उनको भनाइ थियो ।

सम्बोधनका क्रममा उनले एआई, रोबोटिक्स र स्वचालनले विश्व अर्थतन्त्र मात्रै होइन, शक्ति सन्तुलन र शासन प्रणालीसमेत पुनर्गठन गरिरहेको बताए । यदि एआई केही ठूला प्रविधि कम्पनी वा शक्तिशाली राष्ट्रहरूको नियन्त्रणमा रहे डिजिटल अल्पतन्त्र जन्मिन सक्ने उनको चेतावनी थियो ।

डा. भट्टराईले विशेष गरी विकासोन्मुख देशहरू डाटा उपनिवेशवादको जोखिममा पर्ने उल्लेख गर्दै त्यसो भएमा आफ्नै प्रविधि विकास नगरी विदेशी एआई प्रणालीमा निर्भर देशको राष्ट्रिय स्वायत्तता कमजोर हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ११ : ५३ बजे

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल