लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता « Khabarhub

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपिल गरेका छन् ।

अचानक गरिएको लेबनान भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणका पीडितका लागि ३० करोड ८३ लाख अमेरिकी डलर बराबरको तीन महिनाको आपतकालीन सहायता अपिल घोषणा गरेका छन्। यो जानकारी महासचिवका मुख्य प्रवक्ता स्टेफान दुजारिकले दिए।

उनका अनुसार उक्त सहायता कार्यक्रमबाट झण्डै १० लाख मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ । यसमा प्रभावित कमजोर लेबनानी नागरिक, विस्थापित सिरियाली, लेबनानका प्यालेस्टिनी शरणार्थी, सिरियाबाट आएका प्यालेस्टिनी शरणार्थी तथा आप्रवासीहरू समावेश छन् ।

महासचिव गुटेरेसले क्षेत्रीय द्वन्द्वका कारण सर्वसाधारणले भोगिरहेको पीडा अन्त्य गर्न दुवै पक्षलाई तुरुन्त युद्धविराम गर्न पनि आग्रह गरेका छन् । लेबनान भ्रमणका क्रममा उनले राष्ट्रपति जोसेफ औन, संसद् सभामुख नबिह बेरी र प्रधानमन्त्री नवाफ सलामसँग भेटवार्ता गरेका थिए।

यसैबीच संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय राहत सामग्री बोक्ने जहाजहरूलाई अवरोधबिना सुरक्षित मार्ग उपलब्ध गराउन तत्काल अपिल गरे।

उहाँले चेतावनी दिँदै भने, ‘यदि मार्गमा अवरोध आयो भने खाद्यान्न, औषधि र जीवनरक्षक सामग्रीको मूल्य बढ्नेछ, जसको असर सबैभन्दा बढी कमजोर समुदायमा पर्नेछ ।’

संयुक्त राष्ट्रसङ्घका निकायहरूले उक्त समुद्री मार्गलाई विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग भएको बताएका छन् । हाल जहाज आवागमन लगभग ठप्प भएको र इन्धनको लागत बढ्दै गएकाले विश्वव्यापी आपूर्ति शृङ्खलामा ढुवानी खर्च बढ्ने जोखिम रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा गाजा क्षेत्रमा रहेको सीमाना नाकाबाट पठाउन खोजिएका अधिकांश मानवीय सामग्रीहरूलाई अनुमति दिइएको छैन ।

फलस्वरूप संयुक्त राष्ट्रसङ्घले इन्धन मात्र संकलन गर्न सकेको छ, अन्य राहत सामग्री भने प्रवेश गर्न पाएका छैनन् । यस क्रममा विश्व स्वास्थ्य संयुक्त राष्ट्रसङ्घले  मानवीय आपूर्ति मार्ग अवरुद्ध भए लाखौं मानिस जीवनरक्षक सहायता नपाउने जोखिममा पर्ने चेतावनी दिएका छन् । 
 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १ : ११ बजे

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल