इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प « Khabarhub

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै इरान सम्झौता गर्न चाहेको तर आफूलाई अहिले त्यस्तो सम्झौता स्वीकार्य नभएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टु«थमा लेख्दै अमेरिकी सेनाले इरानविरुद्ध गरेको कारबाहीलाई ‘फेक न्युज मिडिया’ले सही तरिकाले नदेखाएको आरोप लगाए। 

उनले पोस्टमा भनेका छन्, ‘फेक न्युज मिडियाले अमेरिकी सेनाले इरानविरुद्ध कति उत्कृष्ट प्रदर्शन गरेको छ भन्ने कुरा देखाउन चाहँदैन।’

ट्रम्पका अनुसार इरान अहिले पूर्ण रूपमा पराजित भइसकेको छ र अमेरिकासँग सम्झौता गर्न चाहिरहेको छ। तर हालको अवस्थामा आफूलाई त्यस्तो सम्झौता स्वीकार्य नभएको उनले स्पष्ट पारे।

उनको यो टिप्पणी अमेरिका र इरानबीच जारी तनावका बीच आएको हो। ट्रम्पले यसअघि पनि अमेरिकी हमलामा इरानका धेरै सैन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गरेका थिए।

अमेरिका–इरानबीचको पछिल्लो घटनाक्रमबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  २ : १० बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ