ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी « Khabarhub

ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधिमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ।

ग्याँस उपलब्ध हुँदाहुँदै पनि ‘ग्याँस छैन’ भन्दै उपभोक्तालाई नदिने, बढी मूल्य लिने तथा इन्धन डिपोमा मौज्दात हुँदाहुँदै सवारी साधनलाई तेल नदिने गुनासो बढेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो।

महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्याँस अभावको गलत सूचना फैलाएर मूल्य वृद्धि गर्ने र सर्वसाधारणको जनजीवनमा असहजता सिर्जना गर्नेहरूमाथि कारबाही गरिने बताए। उनका अनुसार नेपाल आयल निगम ले खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ९१० रुपैयाँ तोकेको छ र यही मूल्यमा खरिद–बिक्री गर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको छ।

काफ्लेले ग्याँस अभावको आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्याँस सञ्चित गर्न थाले माग र आपूर्तिको सन्तुलन बिग्रने चेतावनी पनि दिए। ‘उपभोक्ता, उद्योग–व्यवसाय र सरकार सबैले जिम्मेवार भएर काम गरे मात्र सहज आपूर्ति सम्भव हुन्छ,’ उनले भने।

यस्तै, पेट्रोल पम्पहरूले मौज्दात इन्धन हुँदाहुँदै उपलब्ध नगराउने सूचना पनि आएको भन्दै महानगरपालिकाले त्यसमाथि पनि निगरानी सुरु गरेको जनाएको छ।

ग्याँस वा इन्धनमा कृतिम अभाव सिर्जना गर्ने गतिविधि देखिएमा महानगरपालिकाको हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा जानकारी दिन आग्रह गरिएको छ। प्राप्त सूचनाका आधारमा आवश्यक अनुगमन र कारबाही गरिने महानगरले जनाएको छ।

उता ग्याँस विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतबाट आउने ग्याँसको आपूर्ति अहिलेसम्म नियमित रहेको बताए। उनका अनुसार पछिल्लो समय माग बढेकाले अभावजस्तो देखिएको हो। उपभोक्ताले सञ्चित गर्न थालेमा मात्रै समस्या देखिन सक्ने उनको भनाइ छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  २ : ४५ बजे

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख