विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री « Khabarhub

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । 

गैरआवासीय नेपाली सङ्घको १२औँ विश्व सम्मेलनको आज शुभारम्भ गर्दै उनले र प्रवासी नेपालीलाई मुलुकको आर्थिक, सामाजिक विकासमा साझेदार हुन आह्वान गरे।

प्रविधिका कारण विकास तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै उनले अन्तर्राष्ट्रिय तहमा शक्ति सन्तुलनमा फेरबदल आएकाले देशको भूराजनीतिक सम्बन्ध तथा सौम्य शक्ति वृद्धि गर्न सङ्घले सेतुको काम गर्नुपर्नेमा जोड दिए।

 नेपालका सांस्कृतिक दूतका रुपमा गैरआवासीय नेपालीले पारस्परिक विश्वास अगाडि बढाएर नेपाली माटोमा योगदान पुर्‍याउने विचार व्यक्त गर्दै उनले सङ्घको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले आवश्यक ऐन परिमार्जन गर्ने जानकारी दिए ।

फरक प्रसङ्गमा उनले अन्तरराष्ट्रिय तहमा भएका द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै आपतकालीन अवस्थामा उनीहरूलाई सहयोगका लागि परराष्ट्र मन्त्रालयका साथै सम्बन्धित मुलुकस्थित नेपाली नियोगमार्फत उद्धार उडान पनि सञ्चालन गरेको जानकारी दिए ।

सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा लगानी भित्र्याउनेतर्फ आफूहरू क्रियाशील रहेको बताउँदै गैरआवासीय नेपालीको अधिकार संरक्षण गर्न संस्था प्रतिबद्ध रहेको दोहोर्‍याए । 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ३ : ५२ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा