अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी « Khabarhub

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्यहरू विरुद्ध ड्रोन प्रक्षेपण गरेर ‘रेड लाइन’ पार गरेको शनिबार बताएका छन् । 

सेनाले तत्काल प्रतिक्रिया जनाएका कारण उनीहरु इस्लामाबाद नजिकै रावलपिन्डी स्थित  मुख्यालयसहित उनीहरूको लक्ष्यमा पुग्न नसकेको बताइएको छ। 

तालिबान अधिकारीहरूसँग वायु सेनाको अभाव भएता पनि स्थानीय रूपमा उत्पादित ड्रोनहरू प्रयोग गरि आक्रमण गरेको विज्ञहरूले पुष्टि गरेका छन् ।

पाकिस्तानी सेनाले खसालेको ड्रोनको भग्नावशेषले दक्षिणपश्चिम क्वेट्टामा दुई बालबालिका र उत्तरपश्चिममा पेशावरको कोहाट र रावलपिन्डीमा एक–एक जना सर्वसाधारण घाइते भएको बताएको छ ।

सुरक्षा स्रोतहरूले ड्रोनहरू पत्ता लगाएपछि सावधानीका लागि राजधानी वरपरको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जनाएका छन् । यस अघि आक्रमणबाट अफगानिस्तानको राजधानी काबुलमा चार जना र सीमावर्ती प्रान्तहरूमा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।  

सामाजिक सञ्जाल एक्स मार्फत जरदारीको कार्यालयले अफगान तालिबानले रेड लाइन पार गरी पाकिस्तानी नागरिक क्षेत्रमा गरेको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ।

पाकिस्तानमा आक्रमणपछि इस्लामवादी चरमपन्थीहरूलाई लक्षित गर्दै इस्लामाबादले गत महिना अफगानिस्तान विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

तालिवान सरकारले आतंकवादका लागि अफगान क्षेत्रको प्रयोग भएको कुरा अस्वीकार गरेको छ भने पाकिस्तानले सर्वसाधारणलाई लक्षित नगर्ने कुरामा जोड दिएको छ।

पछिल्लो समयमा सीमामा बारम्बार झडपहरू हुँदा व्यापारमा दुई देश बिचको व्यापारमा बाधा पुऱ्याएको छ भने सिमाक्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) ले शुक्रबार फेब्रुअरी २६ देखि अफगानिस्तानमा भएको झडपमा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु हुनुका साथै  १९३ जना घाइते भएको जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ४ : १६ बजे

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख