प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न « Khabarhub

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा सम्पन्न भएको छ। एकदिने प्रतियोगितामा जुनियर तथा सिनियर विधाका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा मित्रश्री विद्यालयले प्रथम स्थान हासिल गर्दै ट्रफी जित्यो भने जनप्रेमी विद्यालय दोस्रो र शिवर्ड विद्यालय तेस्रो भए। तीनवटा विद्यालयबाट कुल २५० खेलाडी सहभागी भएका थिए।

प्रतियोगिताअन्तर्गत ३०० मिटर दूरीमा महिला र पुरुषतर्फ ६–६ वटा प्रतिस्पर्धा गराइएको थियो। ६–८, ८–१०, १०–१२, १२–१४, १४–१६ र १६–१८ वर्ष उमेर समूहका खेलाडीहरूले स्पिड स्केटिङ प्रतिस्पर्धामा भाग लिएका थिए। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ३६ खेलाडीले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्दै मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिता डाइनामिक स्केट क्लब भक्तपुर र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको संयुक्त आयोजनामा भएको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव टंकलाल घिसिङले स्केटिङ खेल नेपालमा लोकप्रिय बन्दै गएको उल्लेख गर्दै भविष्यमा ओलम्पिकमा छनोट हुने सम्भावना रहेको बताए। उनले खेलको विकासका लागि विद्यार्थी र अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

क्लबका अध्यक्ष रोजन भासिमाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सदस्य–सचिव घिसिङ, प्रमुख प्रशिक्षक दिलीपराज बराल, संघका अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा, सल्लाहकार सौनक भट्ट, स्केटका ब्रान्ड एम्बास्डर सञ्जु श्रेष्ठ, रोलर हक्की टिमका मेनेजर सावी डिसी, काठमाडौं वर्ल्ड स्कुलका वरिष्ठ निर्देशक डा। विद्या अधिकारी तथा निर्देशक यांकिला लामा लगायतले विजेताहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ५ : ०७ बजे

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ