एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा « Khabarhub

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा सातदोबाटो युथ क्लब र नवजनजागृति क्लब १–१ गोलको बराबरीमा रोकिएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा नवजनजागृतिले पहिले अग्रता लिएको थियो। खेलको २६औं मिनेटमा विक्रम थोकरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुमै सातदोबाटोले खेलमा फर्कने अवसर पायो। खेलको ४८औं मिनेटमा अरुण लामाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि दुवै टोलीले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् र खेल बराबरीमै सकियो।

यस बराबरीसँगै नवजनजागृति क्लबले १० खेलपछि प्रतियोगितामा पहिलो अंक जोड्न सफल भएको छ। समान १० खेल खेलेको सातदोबाटो युथ क्लबको भने ८ अंक पुगेको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ५ : १३ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले