एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा « Khabarhub

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा सातदोबाटो युथ क्लब र नवजनजागृति क्लब १–१ गोलको बराबरीमा रोकिएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा नवजनजागृतिले पहिले अग्रता लिएको थियो। खेलको २६औं मिनेटमा विक्रम थोकरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुमै सातदोबाटोले खेलमा फर्कने अवसर पायो। खेलको ४८औं मिनेटमा अरुण लामाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि दुवै टोलीले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् र खेल बराबरीमै सकियो।

यस बराबरीसँगै नवजनजागृति क्लबले १० खेलपछि प्रतियोगितामा पहिलो अंक जोड्न सफल भएको छ। समान १० खेल खेलेको सातदोबाटो युथ क्लबको भने ८ अंक पुगेको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ५ : १३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका