गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु « Khabarhub

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन सुरु गरिएको छ ।

अत्तरिया चोकबाट गोदावरी रोडको पूर्वपट्टि बनाइएका अवैध संरचनाहरू आजदेखि डिभिजन वन कार्यालय धनगढीको समन्वयमा सब डिभिजन कार्यालय अत्तरियाको टोलीले डोजर प्रयोग गरेर हटाउन सुरु गरेको हो । 

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरका अनुसार गोदावरी क्षेत्रमा वन अतिक्रमण गरी अवैध रूपमा भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दो अवस्थामा रहेको सूचना प्राप्त भएपछि हटाउने अभियान सुरु गरिएको हो ।

 गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरेर घर बनाउने कार्य तीव्र रूपमा भइरहेको सूचना आएकाले त्यस्ता संरचना हटाउने कामको सुरुआत आजदेखि सुरु भएको उनले बताए। उनले अबदेखि कसैले पनि वन क्षेत्र अतिक्रमण गरी घर वा अन्य भौतिक संरचना नबनाउन आग्रहसमेत गरे। 

पछिल्लो समय गोदावरी क्षेत्रका विभिन्न सामुदायिक वनमा अतिक्रमण गरी घर, भवन तथा सार्वजनिक संरचना बनाउने क्रम बढ्दै गएको स्थानीय वीरेन्द्र भट्टले बताए। वन अतिक्रमण हटाउने कार्यमा दुर्गालक्ष्मी सामुदायिक वनका पदाधिकारी, वनकर्मी तथा नेपाल प्रहरीको पनि सहभागिता रहँदै आएको वन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ७ : १६ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा