‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा « Khabarhub

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत मोटरसाइकलको स्वरुप परिवर्तन गरी, ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतङ्कित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

यस्ता गतिविधि बढिरहेको भन्ने जनगुनासो आएपछि गएराति १ः०० देखि बिहान ६ः०० बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–६ लेकसाइडबाट चर्को आवाजमा ध्वनि प्रदूषण गर्दै हिँड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीसँग झैझगडा गर्ने १० वटा मोटरसाइकल र छ जना चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’ नगरी पूर्ववत् असली स्वरुपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्नरनगराउन पनि प्रहरीले अनुरोध गरेको छ । सवारी मोडिफाई गरी चलाइएको पाइएमा सवारीसाधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रवक्ता बस्नेतले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ०० बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर