हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै « Khabarhub

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ । विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबाट बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ट्रयाक खुलेकामा अहिले स्तरोन्नति भइरहेको हो ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाका रूपमा हाँडेभिर–बगरफाँट–भकिम्ली सडक आयोजना छनोट भएको हो । सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले माछापुच्छ्रे हिमालयन जेभीसँग रु १० करोड लागत अनुमान गरी प्रतिस्पर्धामार्फत विसं २०८१ जेठमा ठेक्का सम्झौता गरी आयोजना कार्यान्वयन गराइएको थियो । कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सर्तमा सडक स्तरोन्नतिको जिम्मा लिएको थियो ।

अहिले सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने, सम्याउने, बेस तयार गर्ने, खोल्सा र खोलाहरुमा पक्की ढलान गरी पानीलाई निकास दिनेलगायत काम सकेर अब ग्राभेल गर्न बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताए । “सडकको ग्राभेलबाहेकको अरू सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्रमा ग्राभेलका लागि बेस राख्ने काम सुरु हुन्छ”, उनले भने ।

बगरफाँटको कोटखोलादेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने काम सकिएको र अब ग्राभेलसहित स्तरोन्नति गरिने भण्डारीले बताए । उनका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक कालोपत्र भइसकेको छ ।

सडक स्तरोन्नतिको मापदण्डअनुसार बगरफाँटबाट दूधेखोलासम्मको करिब साढे दुई किमी सडकलाई आठ मिटर फराकिलो बनाइएको सडक स्तरोन्नति सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले बताए । अब ग्राभेलसहित स्तरोन्नति गरिने उनका भनाइ छ ।

सोही सडक स्तरोन्नति आयोजनाअन्तर्गत दूधेखोलाबाट भकिम्ली जोड्ने सडकको विभिन्न ठाउँमा ३९० मिटर ढलान गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी रबिन चोखालले जानकारी दिए ।

सडक स्तरोन्नतिपछि बागलुङको ताराखोलाबाट म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जा, अर्मन, बेनी नगरपालिकाका मुसुङडोले, थामडाँडा, बास्कुना, अर्जेखोलालगायत भकिम्ली, हल्लेगौडा, दूधेखोला र बगरफाँटका बासिन्दालाई सहज हुनेछ । यहाँ उत्पादिन सुन्तला, फलफूल, तरकारी, दूधलगायतका कृषि उपजको बजारीकरण र आवतजावतमा सहज हुने भएपछि स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १० : १२ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित