आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने « Khabarhub

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा आइतबारदेखि भने पश्चिम नेपालसम्म वर्षा विस्तार हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र पूर्वकेन्द्रित भएको वर्षा भोलिदेखि प्रणालीको विकास भई पश्चिममा समेत विस्तार हुनेछ ।

विभागका मौसमविद् रोजन लामिछानेले अबको तीन दिन मुलुकभर मौसम बदली रहेको जानकारी दिए । उनका अनुसार बिहान खुलेजस्तो भए पनि विस्तारै दिउँसोदेखि मौसम बदली बढ्दै वर्षा हुनेछ । भोलिदेखि भने पश्चिममा अर्को प्रणाली पनि विकास हुने उनले जानकारी दिए ।

उच्च चापीय प्रणाली कमजोर हुने र न्यून चापीय प्रणालीका साथै पश्चिमी न्यून चापीय प्रणालीसमेत जोडिएर बदली गराउने मौसमविद् लामिछानेले जानकारी दिए । यसले हावाहुरी, चट्याङ र असिना पानी गराउने मौसमविद्ले बताएका छन् । कतैकतै भारी वर्षा पनि गराउने छ ।

आज कतैकतै वर्षा भएको छ । विभागमा भएको तथ्याङ्क तथा वर्षा मापनको विवरणअनुसार पछिल्लो २४ घण्टामा सङ्खुवासभामा मात्रै भारी (५२ दशमलव दुई मिलिमिटर) वर्षा भएको छ । अन्य केही जिल्लामा मध्यमसम्म वर्षा र कतैकतै असिना पनि परेको विभागले जनाएको छ ।

विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनअनुसार आज राति देशको हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने, हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

आइतबार लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १० : ३४ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित