प्रियंकाको ‘न्युड सिन’ भन्दै गत वर्ष चर्चामा आएको सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक « Khabarhub

प्रियंकाको ‘न्युड सिन’ भन्दै गत वर्ष चर्चामा आएको सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष टिजर सार्वजनिक भएपछि नायिका प्रियंका कार्कीले ‘न्युड सिन’ दिएको भन्दै चर्चामा आएको वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ ।

३८० भन्दा बढी कलाकारको अभिनय रहेको सिरिज दाबी गर्दै निर्माण पक्षले सोमबार ट्रेलर सार्वजनिक गरेको ह‍ो ।

निर्देशक एवं लेखक सुजोय योङ भन्छन्, ‘यो मेरो महत्वकांक्षी प्रोजेक्ट हो । त्यसैले नेपाली सिरजको इतिहासमै सबैभन्दा बढी कलाकार लिएको हो ।’

सार्वजनिक ट्रेलरले सिरिजको कथा ‘क्राइम, एक्सन र रिभेन्ज’मा केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलरमामा एक्सन र हत्याका दृश्यलाई प्राथमिकतामा राखेर देखाइएको छ ।

सिरिजको यो दोस्रो ट्रेलर हो । ९ महिना अघि नै सार्वजनिक अफिसियल ट्रेलरमा केही दृश्य हेरफेर गरेर नयाँ बनाइएको देखिन्छ ।

२४ एपिसोडको यो सिरिज अप्रिल १७ देखि यो सिरिज ओटीटीमा रिलिज हुने बताइएको छ । युट्युबमा भने हरेका साता शुक्रबार नयाँ एपिसोड हेर्न पाइने बताइएको छ ।

म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा बनेको यस सिरिज गत भदौंमै रिलिज हुने बताइएको छ ।

सात महिना ढिलै भए पनि यो प्रदर्शनमा आउने भएको छ । गत जेठमा यो सिरिजमाको टिजर सार्वजनिक भएको थियो । उक्त टिजरमा एक महिलाको ‘न्युड सिन’ छ ।

शारीरिक बनावट मिल्दो र अनुहार नदेखिएकाले उक्त ‘न्युड सिन’ प्रियंकाको नै हो भन्ने दर्शकबाट ठूलो संख्यामा प्रतिक्रिया आएको थियो । यही कारण सिरिजले चर्चा पयो ।

प्रियंकालाई पनि विभिन्न कार्यक्रममा यसबारे प्रश्न गरिएको थियो । उनले यथार्थ खुलाउन चाहिनन् । दर्शकको कौतुहलता र सिरिजको चर्चामा नै उनी रमाइन् । ‘न्युड सिन’को चर्चामै पनि उनले स्पष्ट पार्न आवश्यक ठानिनन् ।

अझै पनि दर्शक उक्त सिनबारे जानकार छैनन् । निर्माण पक्षले पनि यसबारे केही बोलेको छैन ।

तथापि, सिरिज निकट स्रोतका अनुसार उक्त दृश्य प्रियंकाको होइन । उक्त सिनकै लागि विशेष कलाकार अनुबन्ध गरिएको हो । ती कलाकारको अनुहार सिरिजमा देखाइने छैन ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : ३० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल