लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल « Khabarhub

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने वार्तामा विदेशमन्त्री मार्को रुबियो सहभागी हुने पुष्टि गरेको छ । वासिङ्टनस्थित इजरायली राजदूत येचिएल लेइटर र लेबनानी राजदूत नादा हमादेह मोवादबीच हुने छलफलमा रुबियो सहभागी हुन लागेका हुन् ।

अमेरिकी समय अनुसार बिहान ११:३० बजे विदेश मन्त्रालयमा हुने यो वार्ताको मुख्य उद्देश्य दक्षिणी लेबनानमा जारी सैन्य द्वन्द्व अन्त्य गर्नु रहेको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी हालसम्म २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ हजार ५ सयभन्दा बढी घाइते भएका छन् । लाखौँ नागरिक विस्थापित भएका छन् ।

यसैबीच, हिजबुल्लाहका नेता नइम कासिमले लेबनानलाई इजरायलसँगको प्रस्तावित वार्ता रद्द गर्न आग्रह गरेका छन् । हिजबुल्लाहले इजरायलसँग प्रत्यक्ष वार्ता गर्ने कुरालाई अस्वीकार गर्दै आएको छ ।

यसै सन्दर्भमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानमाथि हर्मज जलसन्धिमा ‘आर्थिक आतंकवाद’ फैलाएको आरोप लगाएका छन् । अमेरिकाले उक्त क्षेत्रमा लगाएको नाकाबन्दी कार्यान्वयनमा आएसँगै भेन्सको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ६ : ४७ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स