ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो « Khabarhub

ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

रोयटर्स – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशू ख्रीष्ट जस्तो देखिने एआई निर्मित तस्विर सामाजिक सञ्जालबाट हटाएका छन् । उक्त तस्विर पोस्ट गरेपछि र पोप लियो चौधौँमाथि शृंखलाबद्ध आक्रमण गरेपछि ट्रम्पले क्रिश्चियन राजनीतिक वृत्तबाटै चर्को आलोचना खेप्नुपरेको छ ।

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक तस्विर शेयर गरेका थिए, जसमा उनले सेतो वस्त्र लगाएर एक व्यक्तिको टाउकोमा हात राखेको दृश्य देखिन्थ्यो । चौतर्फी विरोधपछि उनले सोमबार उक्त तस्विर हटाएका हुन् ।

तस्विर पोस्ट गर्नुअघि ट्रम्पले पोप लियोको आलोचना गर्दै उनलाई ‘अपराध नियन्त्रणमा कमजोर’ र ‘परराष्ट्र नीतिमा भयानक’ भएको टिप्पणी गरेका थिए ।

तस्विर डिलिट गरेपछि ट्रम्पले पत्रकारसँग कुरा गर्दै आफूले उक्त तस्विरमा आफूलाई ‘डाक्टर’ को रूपमा देखेको दाबी गरे । उनले भने, “त्यो त रेडक्रससँग सम्बन्धित थियो, रेडक्रसकर्मीको रूपमा । हामी रेडक्रसलाई समर्थन गर्छौँ । ‘फेक न्यूज’ ले मात्रै यसलाई अर्कै अर्थ लगाउन सक्छन् ।”

यसैक्रममा ट्रम्पले अमेरिकी राष्ट्रपतिको आलोचना गर्ने पोप आफूलाई स्वीकार्य नहुने समेत बताएका छन् ।

उता, पोप लियोले भने ट्रम्पसँगको विवादमा नअल्झिने संकेत दिएका छन् । पहिलो अमेरिकी मूलका पादरी पोप लियो ११ दिने अफ्रिकी भ्रमणका क्रममा अल्जियर्स जाने क्रममा थिए । उनले पत्रकारसँग भने, “म उहाँसँग बहस गर्न चाहन्न ।”

पोपले थपे, “म युद्धको विरुद्धमा निरन्तर बोल्नेछु । शान्ति, संवाद र राज्यबीचको बहुपक्षीय सम्बन्ध प्रवर्द्धन गर्दै समस्याको न्यायपूर्ण समाधान खोज्न मेरो आवाज जारी रहनेछ । आज संसारमा धेरै मानिसहरू पीडित छन्, निर्दोषहरू मारिएका छन् । कसै न कसैले उभिएर यो भन्दा राम्रो बाटो छ भनेर भन्नैपर्छ ।”

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ९ : ०० बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई