ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो « Khabarhub

ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

रोयटर्स – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशू ख्रीष्ट जस्तो देखिने एआई निर्मित तस्विर सामाजिक सञ्जालबाट हटाएका छन् । उक्त तस्विर पोस्ट गरेपछि र पोप लियो चौधौँमाथि शृंखलाबद्ध आक्रमण गरेपछि ट्रम्पले क्रिश्चियन राजनीतिक वृत्तबाटै चर्को आलोचना खेप्नुपरेको छ ।

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक तस्विर शेयर गरेका थिए, जसमा उनले सेतो वस्त्र लगाएर एक व्यक्तिको टाउकोमा हात राखेको दृश्य देखिन्थ्यो । चौतर्फी विरोधपछि उनले सोमबार उक्त तस्विर हटाएका हुन् ।

तस्विर पोस्ट गर्नुअघि ट्रम्पले पोप लियोको आलोचना गर्दै उनलाई ‘अपराध नियन्त्रणमा कमजोर’ र ‘परराष्ट्र नीतिमा भयानक’ भएको टिप्पणी गरेका थिए ।

तस्विर डिलिट गरेपछि ट्रम्पले पत्रकारसँग कुरा गर्दै आफूले उक्त तस्विरमा आफूलाई ‘डाक्टर’ को रूपमा देखेको दाबी गरे । उनले भने, “त्यो त रेडक्रससँग सम्बन्धित थियो, रेडक्रसकर्मीको रूपमा । हामी रेडक्रसलाई समर्थन गर्छौँ । ‘फेक न्यूज’ ले मात्रै यसलाई अर्कै अर्थ लगाउन सक्छन् ।”

यसैक्रममा ट्रम्पले अमेरिकी राष्ट्रपतिको आलोचना गर्ने पोप आफूलाई स्वीकार्य नहुने समेत बताएका छन् ।

उता, पोप लियोले भने ट्रम्पसँगको विवादमा नअल्झिने संकेत दिएका छन् । पहिलो अमेरिकी मूलका पादरी पोप लियो ११ दिने अफ्रिकी भ्रमणका क्रममा अल्जियर्स जाने क्रममा थिए । उनले पत्रकारसँग भने, “म उहाँसँग बहस गर्न चाहन्न ।”

पोपले थपे, “म युद्धको विरुद्धमा निरन्तर बोल्नेछु । शान्ति, संवाद र राज्यबीचको बहुपक्षीय सम्बन्ध प्रवर्द्धन गर्दै समस्याको न्यायपूर्ण समाधान खोज्न मेरो आवाज जारी रहनेछ । आज संसारमा धेरै मानिसहरू पीडित छन्, निर्दोषहरू मारिएका छन् । कसै न कसैले उभिएर यो भन्दा राम्रो बाटो छ भनेर भन्नैपर्छ ।”

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ९ : ०० बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान