नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता « Khabarhub

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

सडक अलपत्र पारेर नागरिकलाई सास्ती दिन पाइँदैन


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको ढिलाइप्रति चिनियाँ ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि सडक अलपत्र पर्दा नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गर्दै उनले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।

सडक खण्डको स्थलगत अनुगमनका लागि पुगेका गृहमन्त्री गुरुङले निर्माणको सुस्त गतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । “सडक अलपत्र हुँदा यात्रुले सास्ती पाएका छन्, दैनिक आवागमन प्रभावित भएको छ र दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ,” उनले भने, “यो अवस्थालाई अब धेरै दिन लम्ब्याउन सकिँदैन । ठेकेदार कम्पनीले जिम्मेवार बनेर द्रुत गतिमा काम अघि बढाउनुपर्छ ।”

उनले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण कम्पनीलाई सचेत गराउँदै विकास निर्माणमा हुने ढिलासुस्ती सरकारलाई स्वीकार्य नहुने प्रस्ट पारे । नागरिकको सुरक्षा र सहज यात्रा पहिलो प्राथमिकता भएको भन्दै उनले कुनै पनि बहानामा लापरबाही नगर्न चेतावनी समेत दिएका छन् ।

गृहमन्त्रीको अनुगमन र निर्देशनपछि चिनियाँ ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माणको मुख्य काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले जनशक्ति र उपकरण थप गरेर निर्धारित समयमै काम सक्ने आश्वासन दिएका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : ५३ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका