सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण « Khabarhub

सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– १ दोवाका बासिन्दाले करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका छन् । बस्तीदेखि टाढा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माणका क्रममा दोवाका बासिन्दाहरुले सरकारी निकायबाट प्राप्त अनुदान र श्रमदानको अलावा मेलाबाट भएको आम्दानीलाई पनि परिचालन गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका र मणीबराह युवा क्लबको साझेदारीमा दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष विकास पुनले चार किलोमिटर ४०६ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको यस योजनाका लागि मणिबाराही युवा क्लबले चार लाख २५ हजार ७६५ सहयोग गरेको र एक लाख २४ हजार बराबरको श्रमदान भएको उनले बताए ।

‘दोवामा पर्यटक भित्र्याउने र बसाई लम्बाइ ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ’, अध्यक्ष पुनले भने, ‘सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तता दिन आवश्यक छ ।’

पुनका अनुसार दोवाका २३ जना स्थानीयवासी करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् । बस्तीदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् । बडादशैँको अवसरमा मणिबाराही युवा क्लबले आयोजना गरेको मेलाबाट भएको आम्दानी पदमार्ग निर्माणमा सहयोग गरेको हो ।

पदमार्ग अनुगमनमा गएकी अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा तिलिजा पुनले भौगोलिक रुपमा विकट र दुर्गम ठाउँमा सरकारले विनियोजन गरेको बजेटमा स्थानीय युवा क्लबबाट रकम थपेर उपभोक्ता समितिले काम गरेकामा प्रशंसा गरिन् ।

परापूर्वकालमा दोवावासीले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रुपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले बताए ।

बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तीहरुबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ ।

मगर समुदायको बाहुल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडाध्यक्ष गर्बुजाले बताए । उच्च पहाडी क्षेत्रमा गुराँसे जङ्गल, पहाडी भूगोल, हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । दोवादेखि आइसफल हुँदै मुस्ताङ पदमार्गले जोड्ने जनप्रतिनिधिको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ११ : ३२ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको