राजवंशी समुदायमा ‘सिरुवा पर्व’को उल्लास « Khabarhub

राजवंशी समुदायमा ‘सिरुवा पर्व’को उल्लास


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नेपालका आदिवासी राजवंशी समुदायले मनाउने सबैभन्दा ठूलो चाड ‘सिरुवा पावनी’ आजदेखि सुरु भएको छ । हरेक वर्षको वैशाख १, २ र ३ गते सिरुवा पावनी मनाउने प्रचलन छ ।

राजवंशीसँगै ताजपुरिया र गनगाई समुदायले समेत मनाउने यस पर्वको आज पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई कादो सिरुवा र अन्तिम दिनलाई रङ सिरुवा भनिने गौरीगञ्जका आत्माराम राजवंशीले बताए । 

उनका अनुसार जल सिरुवामा एकले अर्कोलाई पानी छ्याप्ने, कादो सिरुवामा हिलो छ्याप्ने र रङ सिरुवामा अबिर दलेर शुभकामना तथा आपसी सद्भाव व्यक्त गर्ने प्रचलन रहिआएको छ ।

पहिलो दिन पानी सिरुवामा महिलाहरुले सात प्रकारका हरियो सब्जी पकाउने चलन छ । यसलाई ‘सात सागी’ भनिन्छ । त्यसरी पकाएको सब्जीलाई राखेर भोलिपल्ट कादो सिरुवाका दिन पन्ता भातसँग खाने चलन छ । सात सागीसँगै अठिया केराको सेवन पनि गर्ने चलन छ ।

औषधीय गुण भएको यो केराको गुदीमा दानाको मात्रा धेरै हुन्छ । झाडा पखाला र पेटको जलन हुँदा आरामका लागि यसको सेवन गरिँदै आएको छ । 

सिरुवा पावनीमा नयाँ वर्षभरि कसैलाई रोगव्याधि नलागोस् भनेर कामना गरिन्छ । सार्वजनिक स्थानमा घाटोसरी बनाउने र घाटोसरी भजन गाउने विशेष प्रचलन छ । सिरुवा पर्व सद्भाव साटासाट गर्ने पर्व हो । यसमा ग्रामथान र नदी गएर पूजापाठ गर्ने, मौलिक परिकार खाने र संस्कृति झल्किने विविध कार्यक्रम गरिन्छ ।

मौलिक भाषा, भेषभुषा र संस्कृति रहेको यस समुदायको मुख्य बसोबास झापा, मोरङ र सुनसरीमा रहेको छ । २०७८ को जनगणनाअनुसार राजवंशीको कूल जनसङ्ख्या एक लाख ३२ हजार ५६४ छ ।  रासस

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ११ : ५७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल