एनसेलको डाटा लिए हिमालयन जाभामा छुट « Khabarhub

एनसेलको डाटा लिए हिमालयन जाभामा छुट


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल र हिमालयन जाभा कफीबीच साझेदारीका लागि सम्झौता भएको छ । यो सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको अफरअन्तर्गत एनसेल ग्राहकले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् ।

कम्पनीका अनुसार ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन् । त्यति मात्रै होइन तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

त्यसैगरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । 

यसबाहेक ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट अफरबारे आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘सम्बन्धहरूलाई राम्रा अनुभवहरूका साथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौँ । हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत हामीले हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एक अर्कासँग जोडिन अनि जीवनका साना–साना खुसीहरू साट्न थप कारण दिइरहेका छौँ ।’

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  २ : ५१ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु