इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ « Khabarhub

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा तीव्र गतिका मिसाइल बोटहरू उतारेको छ ।

मुम्बईस्थित इरानको महावाणिज्य दूतावासले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै भनेको छ, ‘अहिले त केवल ट्रेलर मात्र हो, पिक्चर अझै बाँकी छ।’

यस बयानसँगै पर्सियन गल्फ (फारसको खाडी) मा ‘रेड बीज’ अर्थात् अत्यन्त तेज गतिका मिसाइल बोटहरूको उल्लेख गरेको छ।

कन्सुलेटको पोस्टमा बताइएअनुसार यी फास्ट मिसाइल बोटहरू माहुरीको झुन्ड जस्तै काम गर्न सक्छन्, जसले विरोधीलाई छिटो घेरा हाल्न सक्षम छन्।

अमेरिकी नाकाबन्दीबीच चिनियाँ ट्याङ्कर होर्मुज पार

अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएको बेला एउटा चिनियाँ ट्याङ्करले यो बाटो पार गरेको छ। शिपिङ डाटाअनुसार नाकाबन्दी लागू भएपछि यो पहिलो जहाज हो जसले यस्तो गरेको छ।

रोयटर्सका अनुसार ‘रिच स्टार्री’ नामको ट्याङ्कर होर्मुज पार गरी फारसको खाडीबाट बाहिर निस्किएको छ। यो ट्याङ्कर र यसको मालिक कम्पनी पहिले नै अमेरिकी प्रतिबन्धको दायरामा छन्।

तथ्यांकअनुसार जहाजमा करिब २ लाख ५० हजार ब्यारेल मेथानोल लादिएको थियो, जुन यूएईको हमरिया पोर्टबाट लोड गरिएको थियो।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १२ : ३७ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली