इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ « Khabarhub

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा तीव्र गतिका मिसाइल बोटहरू उतारेको छ ।

मुम्बईस्थित इरानको महावाणिज्य दूतावासले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै भनेको छ, ‘अहिले त केवल ट्रेलर मात्र हो, पिक्चर अझै बाँकी छ।’

यस बयानसँगै पर्सियन गल्फ (फारसको खाडी) मा ‘रेड बीज’ अर्थात् अत्यन्त तेज गतिका मिसाइल बोटहरूको उल्लेख गरेको छ।

कन्सुलेटको पोस्टमा बताइएअनुसार यी फास्ट मिसाइल बोटहरू माहुरीको झुन्ड जस्तै काम गर्न सक्छन्, जसले विरोधीलाई छिटो घेरा हाल्न सक्षम छन्।

अमेरिकी नाकाबन्दीबीच चिनियाँ ट्याङ्कर होर्मुज पार

अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएको बेला एउटा चिनियाँ ट्याङ्करले यो बाटो पार गरेको छ। शिपिङ डाटाअनुसार नाकाबन्दी लागू भएपछि यो पहिलो जहाज हो जसले यस्तो गरेको छ।

रोयटर्सका अनुसार ‘रिच स्टार्री’ नामको ट्याङ्कर होर्मुज पार गरी फारसको खाडीबाट बाहिर निस्किएको छ। यो ट्याङ्कर र यसको मालिक कम्पनी पहिले नै अमेरिकी प्रतिबन्धको दायरामा छन्।

तथ्यांकअनुसार जहाजमा करिब २ लाख ५० हजार ब्यारेल मेथानोल लादिएको थियो, जुन यूएईको हमरिया पोर्टबाट लोड गरिएको थियो।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १२ : ३७ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई