दर्शकलाई नयाँ वर्ष उपहार : यी नायिकाहरूले गरे फिल्म दिने घोषणा « Khabarhub

दर्शकलाई नयाँ वर्ष उपहार : यी नायिकाहरूले गरे फिल्म दिने घोषणा


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख १ गते अर्थात् नयाँ वर्षको अवसर पारी नायिकाहरूले फिल्म निर्माणको घोषणा गरेका छन् ।

दर्शकलाई नयाँ वर्षको उपहार स्वरुप उनीहरूले फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् ।

नायिका केकी अधिकारी र पूजा शर्माले फिल्म निर्माणको घोषणा गरेका छन् । नायिका प्रियंका कार्की भने साँझ एक कार्यक्रमको आयोजना गरी नयाँ प्रोजेक्टबारे जानकारी दिने तयारीमा छिन् ।

नायिका केकी गत वर्ष नै फिल्म ‘पेट्रोल पम्प’ बनाउने तयारीमा थिइन् । अहिले त्यसको नाम परिवर्तन गरेर ‘स्टेसन’ राखी निर्माण घोषणा गरेकी हुन् । फिल्म ‘बोक्सीको घर’का निर्देशक सुलक्षण भारती नै यसको निर्देशन गर्नेछन् ।

यस फिल्मको प्रदर्शन मिति भदाै १९ लाई तोकिएको छ ।

त्यस्तै नायिका पूजा शर्माले फिल्म ‘रत्यौली’ बनाउने भएकी हुन् । नायकमा विजय बराल पक्का भएका छन् । मुस्कान ढकालको निर्देशनमा यो फिल्म बन्दैछ ।

नायिका प्रियंका कार्कीले एक फिल्मको सुटिङ पूरा गरिसकिन् । त्यसको औपचारिक जानकारी दिन उनले आज दरबारमार्गका एक कार्यक्रम राखेकी छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ४२ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको