मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा « Khabarhub

मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने उद्देश्यले चिनियाँ राजधानी पुगेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

चीनले मङ्गलबार भियतनामको टो लाम र अबु धाबीका राजकुमार मोहम्मद बिन जायद अल नाह्यानसहित युद्धको कारण प्रभावित भएका देशका नेताहरूलाई छलफलका लागि आमन्त्रण गरेको जनाएको छ।

लाभ्रोभले चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ्ग यीसँग वार्ता गर्ने जनाइएको छ जसमा द्विपक्षीय सम्बन्धको विकास, विभिन्न क्षेत्रमा सहयोग, र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरुमा छलफल र स्थिति समन्वय गर्ने चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । 

रूसी विदेश मन्त्रालयले युक्रेनको युद्ध र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने पनि बताएको छ । बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन्, भने सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरे पछि सम्बन्ध अझ मझभुत भएको जनाइएको छ ।

मध्यपूर्वमा तनाव कम गर्न बेइजिङ र मस्कोले मिलेर काम गर्ने विषयमा सहमति भएपछि वाङले गत अप्रिल – ५ मा लाभ्रोभसँग फोन वार्ता समेत गरेका जनाइएको छ । 

यसैबीच चिनियाँ प्रधानमन्त्री ली किआङले संयुक्त अरब इमिरेट्सका नेतालाई बेइजिङ “थप रचनात्मक भूमिका खेल्न र खाडी क्षेत्रमा शान्ति पुनः स्नाथापमा योगदान गर्न तयार रहेका बताए।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ०५ बजे

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा