पल हटेको फिल्ममा पुष्प, पोस्टरमा अनुहार मात्रै फेरियो « Khabarhub

पल हटेको फिल्ममा पुष्प, पोस्टरमा अनुहार मात्रै फेरियो


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहलाई निकालिएको गसिप चलेको फिल्म ‘महाराजधिराज’मा पुष्प खड्काको प्रवेश भएको छ ।

निर्माण पक्षले मंगलबार नयाँ वर्षको अवसर पारी शीर्ष भूमिकामा पुष्पको प्रवेश भएको जानकारी दिएको हो ।

गद्दीमा नग्न र महाराजको भेषमा पुष्पलाई नयाँ पोस्टरमा प्रस्तुत गरिएको छ ।

यसअघि सोही थिममा पलको पोस्टरमा पललाई प्रस्तुत गरिएको थियो । नयाँ पोस्टरमा पात्रको अनुहार मात्रै परिवर्तन गरिएको पाइएको छ ।

०८१ सालमा पलको जन्म दिन पारेर यस फिल्मको निर्माण घोषण गरिएको थियो । त्यसबेला पल फिचर्ड पोस्टर पनि सार्वजनिक गरिएको थियो ।

गत जेठमा पल यो फिल्मबाट टाढा भए । पुरानो यौन दुव्र्यवहारको काण्ड बल्झिएको बेला टाढिएकाले उनलाई बर्खास्त गरिएको गसिप फैलिएको थियो ।

निर्माण पक्ष र पल दुवैले यो फिल्मबारे एक–अर्काको विषयमा नबोल्ने बताउँदै आएका छन् ।

पलले टाढिएपछि यो फिल्मको निर्माण अन्योलमा परेको थियो । केही महिनाअघि निर्देशक परिच्छेद सेनले यो फिल्मको सम्झौता पत्रमा रगतले औँठा छाप लगाउने हिरोको प्रवेश भएको जानकारी दिएका थिए ।

रगतको छाप हान्न हिरो पुष्प रहेको खुल्न आएको छ । यही लाइनबाट फिल्मको चर्चा भइरहेको छ ।

यो वर्षको दशैँ लक्षित गरी फिल्म प्रदर्शनमा आउने पोस्टरमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  २ : ०४ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले