पल हटेको फिल्ममा पुष्प, पोस्टरमा अनुहार मात्रै फेरियो « Khabarhub

पल हटेको फिल्ममा पुष्प, पोस्टरमा अनुहार मात्रै फेरियो


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहलाई निकालिएको गसिप चलेको फिल्म ‘महाराजधिराज’मा पुष्प खड्काको प्रवेश भएको छ ।

निर्माण पक्षले मंगलबार नयाँ वर्षको अवसर पारी शीर्ष भूमिकामा पुष्पको प्रवेश भएको जानकारी दिएको हो ।

गद्दीमा नग्न र महाराजको भेषमा पुष्पलाई नयाँ पोस्टरमा प्रस्तुत गरिएको छ ।

यसअघि सोही थिममा पलको पोस्टरमा पललाई प्रस्तुत गरिएको थियो । नयाँ पोस्टरमा पात्रको अनुहार मात्रै परिवर्तन गरिएको पाइएको छ ।

०८१ सालमा पलको जन्म दिन पारेर यस फिल्मको निर्माण घोषण गरिएको थियो । त्यसबेला पल फिचर्ड पोस्टर पनि सार्वजनिक गरिएको थियो ।

गत जेठमा पल यो फिल्मबाट टाढा भए । पुरानो यौन दुव्र्यवहारको काण्ड बल्झिएको बेला टाढिएकाले उनलाई बर्खास्त गरिएको गसिप फैलिएको थियो ।

निर्माण पक्ष र पल दुवैले यो फिल्मबारे एक–अर्काको विषयमा नबोल्ने बताउँदै आएका छन् ।

पलले टाढिएपछि यो फिल्मको निर्माण अन्योलमा परेको थियो । केही महिनाअघि निर्देशक परिच्छेद सेनले यो फिल्मको सम्झौता पत्रमा रगतले औँठा छाप लगाउने हिरोको प्रवेश भएको जानकारी दिएका थिए ।

रगतको छाप हान्न हिरो पुष्प रहेको खुल्न आएको छ । यही लाइनबाट फिल्मको चर्चा भइरहेको छ ।

यो वर्षको दशैँ लक्षित गरी फिल्म प्रदर्शनमा आउने पोस्टरमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  २ : ०४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा