९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै « Khabarhub

९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा सरकारको खर्च आम्दानीको तुलनामा डेढ खर्ब बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले ९ खर्ब ७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १० खर्ब ५९ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कर र गैरकर गरेर १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा ९ महिनाको अवधिसम्म यस्तो आय जम्मा ८ खर्ब ८६ अर्ब २८ करोड ३६ लाख रुपैयाँ मात्रै गरेको छ । जुन लक्ष्यको तुलनामा जम्मा ५९.८८ प्रतिशत मात्रै हो ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य तय गरेकोमा समीक्षा अवधिसम्म यस्तो आय जम्मा २९.२१ प्रतिशत अर्थात् १५ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

पुँजीगत खर्च निकै कमजोर, चालु खर्च ६३ प्रतिशत

विगतका वर्षमा भन्दा पनि चालु आर्थिक वर्षमा सरकार पुँजीगत खर्च गर्न निकै कमजोर देखिएको छ । सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म २३.५८ प्रतिशत अर्थात् ९६ अर्ब १९ करोड ५१ लाख रुपैयाँ मात्रै  खर्च गरेको छ ।

तर, चालु खर्च तर्फभने सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्म ६३.३ प्रतिशत अर्थात् ७ खर्ब ४७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यस्तै, समीक्षा अवधिसम्म सरकारले २ खर्ब १६ अर्ब २३ करोड ७७ लाख रुपैयाँ वित्तीय व्यवस्थापनमा खर्च गरेको छ । चालु आर्थिक वर्षमा सरकारले वित्तीय व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : १९ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका