९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै « Khabarhub

९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा सरकारको खर्च आम्दानीको तुलनामा डेढ खर्ब बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले ९ खर्ब ७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १० खर्ब ५९ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कर र गैरकर गरेर १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा ९ महिनाको अवधिसम्म यस्तो आय जम्मा ८ खर्ब ८६ अर्ब २८ करोड ३६ लाख रुपैयाँ मात्रै गरेको छ । जुन लक्ष्यको तुलनामा जम्मा ५९.८८ प्रतिशत मात्रै हो ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य तय गरेकोमा समीक्षा अवधिसम्म यस्तो आय जम्मा २९.२१ प्रतिशत अर्थात् १५ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

पुँजीगत खर्च निकै कमजोर, चालु खर्च ६३ प्रतिशत

विगतका वर्षमा भन्दा पनि चालु आर्थिक वर्षमा सरकार पुँजीगत खर्च गर्न निकै कमजोर देखिएको छ । सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म २३.५८ प्रतिशत अर्थात् ९६ अर्ब १९ करोड ५१ लाख रुपैयाँ मात्रै  खर्च गरेको छ ।

तर, चालु खर्च तर्फभने सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्म ६३.३ प्रतिशत अर्थात् ७ खर्ब ४७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यस्तै, समीक्षा अवधिसम्म सरकारले २ खर्ब १६ अर्ब २३ करोड ७७ लाख रुपैयाँ वित्तीय व्यवस्थापनमा खर्च गरेको छ । चालु आर्थिक वर्षमा सरकारले वित्तीय व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : १९ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि