‘लाज शरणम्’बाट छुटिएका काकु–जिग्री ‘चिरञ्जीवी भवः’मा भेटिए « Khabarhub

‘लाज शरणम्’बाट छुटिएका काकु–जिग्री ‘चिरञ्जीवी भवः’मा भेटिए


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुमार कट्टेल ‘जिग्री’ले फिल्मको कथाको क्रेडिट नदिँदा बिच्किएका दीपककुमार आचार्य फेरि उनैसँग सहकार्य गर्ने तयारीमा देखिएका छन् ।

दीपकले नयाँ वर्षको अवसर पारी घोषणा गरेको फिल्म ‘चिरञ्जीवी भवः’मा उनीहरूको सहकार्य हुने भएको हो ।

दीपकले एक विशेष कथामा फिल्म बनाउने लागेको बताए । ‘रोजगारीका लागि जन्म थलो छाड्ने सन्तान र अभिभावको मनोदशा’को कथामा ‘परान’ बनाएका दीपकले त्यस्तै अर्को महत्त्वपूर्ण विषयमा फिल्म बनाउने दाबी गरेका छन् ।

यो फिल्मले दीपक र कुमारको पुरानो दुस्मनी पनि सकिएको सन्देश दिएको छ ।

सिरियल ‘भद्रगोल’देखिका सहकर्मी दीपक र कुमारको सम्बन्ध पछिल्लो समय राम्रो थिएन । कुमार फिल्म ‘लाज शरणम्’ निर्देशनमा लागे । दीपक त्यहीबाट बिच्किए । कथामा आफ्नो नाम नराखेका कारण कुमारसँग दीपक रिसाएका थिए ।

त्यहीकारण उनले जिग्री र अर्जुन घिरिमेको निर्देशनमा बन्दै आएको सिरियल ‘सक्किगोनि’ पनि छाडे । फिल्म निर्देशनमा आफैँ होमिए ।

कुमारको ‘लाज शरणम्’ ‘फ्लप’ भयो । दीपकको ‘परान’ सुपर हिट भयो । गत वर्षको सबैभन्दा बढी व्यापार गर्ने फिल्म नै ‘परान’ हो ।

सतहीरुपमा हेर्दा ‘परान’को सफलताले दीपकसँग कुमार नजिकिएको देखिन्छ । त्यसयता उनीहरूको भेटघाट बाक्लियो । ‘परान’ हलमा नलाग्दासम्म देखिएको यी दुईको इगोको कडा दुस्मनी त्यसपछि भने मित्रतामै फर्कियो ।

अहिले फेरि यी दुई ठूलो पर्दामा नै सहकार्यको मुडमा छन् । कुमारको कथा, सविन अधिकारी र वसन्त न्यौपाने स्क्रिप्ट, दीपकको निर्देशनमा फिल्म बन्ने भएको हो ।

नयाँ वर्षमा यी दुईले दुस्मनी बिर्सिएर नयाँ कामको प्रण गरेका छन् ।

फिल्म क्षेत्रमा सबै अस्थायी हुन्छ, चाहे दोस्ती र दुस्मनी नै किन नहोस् ! जिग्री र काकुले फेरि यो उक्ति सम्झाए ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ५२ बजे

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको