टोखामा सपनतीर्थ मेला सुरु, बिहानैदेखि भक्तजनको घुइँचो « Khabarhub

टोखामा सपनतीर्थ मेला सुरु, बिहानैदेखि भक्तजनको घुइँचो


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला सुरु भएको छ ।

नयाँ वर्षको पहिलो दिनमा लाग्ने उक्त मेलामा आज बिहानैदेखि सपनतीर्थ मन्दिरको दर्शन गर्नका लागि जाने भक्तजनको घुइँचो लागेको हो । सपनतीर्थ मन्दिरमा दर्शन गरेर त्यहाँको तलाउमा स्नान गरे कुष्ठरोग निको हुने जनविश्वास रहेको छ ।

सपनतीर्थ मन्दिरमा दर्शन तथा तलाउमा स्नान गर्नका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन सपनतीर्थ मन्दिर आइपुगेका छन् ।

सपनतीर्थमा मेलासँगै टोखामा ऐतिहासिक विस्का नखः(जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । सपनतीर्थ मेला आज एकदिन लाग्ने भएपनि टोखाको जात्रा भने चार गतेसम्म चल्नेछ ।

टोखाले जात्राका अवसरमा भोलि वैशाख २ गते बुधबार टोखाभर र वैशाख ३ र ४ गते टोखा नगरपालिका–२ र ३ मा विदा दिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ४ : ३० बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका