प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी « Khabarhub

प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई नौ विकेटले हराएको हो । 

कर्णालीले २५ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जोडेको थियो । कर्णालीका प्रकाश जोशीले ३६ बलमा १५ रन जोडेका थिए । त्यस्तै, कर्णालीका दिवन पुनले २७ बलमा १४ रन जोडे । गण्डकी प्रदेशका विपिन खत्रीले पाँच विकेट र अपराजित पौडेलले तीन विकेट लिएका थिए । 

जबाफी ब्याटिङमा उत्रिएको गण्डकीले १३ ओभरमा एक विकेट गुमाउँदै ७४ रन जोडेको थियो । गण्डकीका तर्फबाट सिब्रिन श्रेष्ठले ३४ बलमा ४० रन र दीपक डुम्रेले १८ बलमा २२ रन जोडेका थिए । कर्णाली प्रदेशका विपिन शर्माले एक विकेट लिएका थिए ।

आजको खेलमा गण्डकी प्रदेशका विपिन खत्री ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ । 

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ५ : २९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल