सरकारको राष्ट्रिय प्रतिबद्धतापत्र: पाठ्यक्रममा योग, ध्यान, नैतिक शिक्षा र आयुर्वेद समावेश गरिने « Khabarhub

सरकारको राष्ट्रिय प्रतिबद्धतापत्र: पाठ्यक्रममा योग, ध्यान, नैतिक शिक्षा र आयुर्वेद समावेश गरिने


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामार्फत् शिक्षा प्रणालीमा महत्वपूर्ण सुधारको योजना ल्याएको छ। नयाँ नीतिअनुसार विद्यालयदेखि उच्च तहसम्मको पाठ्यक्रममा योग, ध्यान, नैतिक शिक्षा तथा आयुर्वेद समावेश गरिने भएको छ।

दस्तावेजमा अनुसार शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी जीवनोपयोगी, व्यवहारिक र स्वास्थ्य-केन्द्रित बनाउने उद्देश्य राखिएको छ।

विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासलाई सन्तुलित रूपमा अघि बढाउन योग र ध्यानलाई अनिवार्य अभ्यासका रूपमा जोड्ने तयारी गरिएको छ।

यस्तै, नैतिक शिक्षामार्फत विद्यार्थीमा अनुशासन, जिम्मेवारीबोध र सामाजिक मूल्य–मान्यताको विकास गर्ने लक्ष्य राखिएको छ।

आधुनिक शिक्षासँगै परम्परागत ज्ञान प्रणालीलाई समेट्दै आयुर्वेदलाई पनि पाठ्यक्रममा समावेश गरिने बताइएको छ, जसले प्राकृतिक उपचार र स्वस्थ जीवनशैलीप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ।

सरकारले यसलाई शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका रूपमा लिँदै व्यवहारिक सीप, स्वास्थ्य सचेतना र संस्कृतिसँग जोडिएको शिक्षालाई प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : २५ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको