सरकारको राष्ट्रिय प्रतिबद्धतापत्र: पाठ्यक्रममा योग, ध्यान, नैतिक शिक्षा र आयुर्वेद समावेश गरिने « Khabarhub

सरकारको राष्ट्रिय प्रतिबद्धतापत्र: पाठ्यक्रममा योग, ध्यान, नैतिक शिक्षा र आयुर्वेद समावेश गरिने


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामार्फत् शिक्षा प्रणालीमा महत्वपूर्ण सुधारको योजना ल्याएको छ। नयाँ नीतिअनुसार विद्यालयदेखि उच्च तहसम्मको पाठ्यक्रममा योग, ध्यान, नैतिक शिक्षा तथा आयुर्वेद समावेश गरिने भएको छ।

दस्तावेजमा अनुसार शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी जीवनोपयोगी, व्यवहारिक र स्वास्थ्य-केन्द्रित बनाउने उद्देश्य राखिएको छ।

विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासलाई सन्तुलित रूपमा अघि बढाउन योग र ध्यानलाई अनिवार्य अभ्यासका रूपमा जोड्ने तयारी गरिएको छ।

यस्तै, नैतिक शिक्षामार्फत विद्यार्थीमा अनुशासन, जिम्मेवारीबोध र सामाजिक मूल्य–मान्यताको विकास गर्ने लक्ष्य राखिएको छ।

आधुनिक शिक्षासँगै परम्परागत ज्ञान प्रणालीलाई समेट्दै आयुर्वेदलाई पनि पाठ्यक्रममा समावेश गरिने बताइएको छ, जसले प्राकृतिक उपचार र स्वस्थ जीवनशैलीप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ।

सरकारले यसलाई शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका रूपमा लिँदै व्यवहारिक सीप, स्वास्थ्य सचेतना र संस्कृतिसँग जोडिएको शिक्षालाई प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : २५ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन