सभापति र वरिष्ठ नेताबीच कुनै खटपट छैन : लिमा अधिकारी « Khabarhub

सभापति र वरिष्ठ नेताबीच कुनै खटपट छैन : लिमा अधिकारी


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै मनमुटाव र खटपट नरहेको बताएकी छन् ।

प्रतिनिधि सभाको उपसभामुखलाई लिएर सञ्चारमाध्यममा खटपट भएको समाचार आएपछि अधिकारीले खबरसँगको कुराकानीमा कुने समस्या नभएको स्पष्ट पारिन्।

‘पार्टी सभापतिज्यू र वरिष्ठ नेताबीच कुनै खटपट छैन। उहाँहरूले पार्टीको शक्ति सन्तुलन र सरकारको शक्ति सन्तुलनको विषयमा निरन्तर छलफल संवाद र विमर्श गरेर अगाडि बढिरहनुभएको छ’, अधिकारीले भनिन, ‘पहिलो चरणमा काम गर्ने व्यक्तिहरूलाई मन्त्रालय र समितिहरूमा अवसर दिएको हो। समानुपातिक प्रतिनिधित्व र संविधानको मर्मअनुरूप दुवै नेताहरूले पार्टी र सरकार सञ्चालन गरिरहनु भएको छ। मिडियामा आएका कुरा भ्रमपूर्ण छन्।’

अधिकारीले काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाइएको विषयमा पनि दुई नेताहरूबीच गहिरो समझदारी रहेको बताएकी छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : २९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र