सभापति र वरिष्ठ नेताबीच कुनै खटपट छैन : लिमा अधिकारी « Khabarhub

सभापति र वरिष्ठ नेताबीच कुनै खटपट छैन : लिमा अधिकारी


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै मनमुटाव र खटपट नरहेको बताएकी छन् ।

प्रतिनिधि सभाको उपसभामुखलाई लिएर सञ्चारमाध्यममा खटपट भएको समाचार आएपछि अधिकारीले खबरसँगको कुराकानीमा कुने समस्या नभएको स्पष्ट पारिन्।

‘पार्टी सभापतिज्यू र वरिष्ठ नेताबीच कुनै खटपट छैन। उहाँहरूले पार्टीको शक्ति सन्तुलन र सरकारको शक्ति सन्तुलनको विषयमा निरन्तर छलफल संवाद र विमर्श गरेर अगाडि बढिरहनुभएको छ’, अधिकारीले भनिन, ‘पहिलो चरणमा काम गर्ने व्यक्तिहरूलाई मन्त्रालय र समितिहरूमा अवसर दिएको हो। समानुपातिक प्रतिनिधित्व र संविधानको मर्मअनुरूप दुवै नेताहरूले पार्टी र सरकार सञ्चालन गरिरहनु भएको छ। मिडियामा आएका कुरा भ्रमपूर्ण छन्।’

अधिकारीले काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाइएको विषयमा पनि दुई नेताहरूबीच गहिरो समझदारी रहेको बताएकी छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : २९ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा