किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ? « Khabarhub

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर मात्रै नहुने र के गर्न हुँदैन भन्ने पनि थाहा पाउन जरुरी रहेको बताएका छन् ।

सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिवद्धता पत्रमा पूर्व–पश्चिम राजमार्गको नाम परिवर्तन गर्नेबारे उल्लेख रहेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

‘देश बनाउछु भन्ने नेताले के–के गर्नुपर्छ भन्ने थाहा पाउनु मात्र प्रयाप्त हुदैन, के–के गर्नु हुँदैन भन्ने पनि थाहा पाउन त्यतिकै जरूरी हुन्छ,’ उनले भनेका छन् , ‘बालेन सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिवद्धता पत्र“मा पूर्व–पश्चिम राजमार्गलाई “महेन्द्र राजमार्ग” नामाकरण गरेर दिनु खोजेको सन्देश के हो ? गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको हो ?’

उनले बालेनपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि प्रश्न गरेका छन् । लामिछानेले नयाँ वर्षको रुपमा शुभकामना दिँदा यो वर्ष खिल निकाल्ने वर्ष भएको र पीडा हुन सक्छ भनेकोप्रति किराँतीले टिप्पणी गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामना सँगै “यो खिल निकाल्ने वर्ष हो, पीडा हुन सक्छ“ भन्नु भएको थियो । के गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?’ उनले सोधेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ९ : १४ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल