मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ? « Khabarhub

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार ट्रम्पले फोन गरेर द्विपक्षीय सम्बन्ध तथा होर्मुज स्ट्रेटसहित विभिन्न विषयमा कुरा गरेका हुन्।

‘मलाई मेरा मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन आयो। हामीले विभिन्न क्षेत्रमा हाम्रो द्विपक्षीय सहयोगमा भएका उल्लेखनीय प्रगतिको समीक्षा गर्‍यौँ’, मोदीले एक्समा लेखेका छन्, ‘हामी सबै क्षेत्रमा हाम्रो व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन प्रतिबद्ध छौँ। हामीले पश्चिम एसियाको अवस्थाबारे पनि छलफल गर्‍यौँ र होर्मुज स्ट्रेट खुला र सुरक्षित राख्नुपर्ने आवश्यकतामा जोड दियौँ।’

गत शनिबार पाकिस्तानमा अमेरिका र इरानबिच भएको वार्ता निष्कर्षहीन भएपछि अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएको छ।

इरानी क्षेत्रमा पर्ने होर्मुज स्ट्रेट भएर विश्वव्यापी ऊर्जा व्यापारको २० प्रतिशत ढुवानी हुन्छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : ४३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा