इन्टर मिलानलाई इटालियन कपको उपाधि « Khabarhub

इन्टर मिलानलाई इटालियन कपको उपाधि


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ । यो जितसँगै इन्टरले यस सिजन घरेलु कप डबलको उपलब्धि समेत हात पारेको छ । इन्टरले यसअघि नै इटालीको सिरी ए उपाधि उचालेको थियो ।

रोममा भएको फाइनलमा इन्टरले एडम मरुसिचको आत्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो । त्यसपछि लउटारो मार्टिनेजले एक गोल थप्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यो सिजन सबै प्रतियोगितामा मार्टिनेजले २२ औं गोल गरेका हुन् ।

खेलका दुवै गोल पहिलो हाफमै भएका थिए । पहिलो हाफमा जित सुनिस्चित गरेको इन्टरले सहजै उपाधि उचालेको हो । इन्टरले इटालियन कप जितेको यो दसौं पटक हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ६ : २५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००