नीति तथा कार्यक्रम : बालेन सदनमा जवाफ दिन नजाने « Khabarhub

नीति तथा कार्यक्रम : बालेन सदनमा जवाफ दिन नजाने

विपक्षीको अवरोधबीच नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भएका छन् । नीति तथा कार्यक्रममाथिको छलफल र जवाफका लागि विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने अडान राख्दै बुधबार संसद अवरोध गरेका थिए । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीले लगातार अवरोध गरेका थिए ।

प्रतिनिधिसभाको बिहीबारको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने विषय उल्लेख छ । दैनिक कार्यसूचीको दोस्रो नम्बरमा यो विषय राखिएको हो ।

कार्यसूचीमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।’

प्रधानमन्त्री आफैँले नीति तथा कार्यक्रममाथिको प्रस्ताव सदनमा टेबुल गर्नुपर्ने विपक्षीको माग छ । सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई प्रस्ताव टेबुल गर्न दिन तयार भए पनि छलफल र जवाफका लागि प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने अडानमा छन् ।

बुधबार विपक्षी सांसदले प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गर्न पटक–पटक सभामुखसँग आग्रह गरेका थिए । प्रधानमन्त्रीको कार्यतालिकाबारे आफूलाई पूर्वजानकारी नहुने भन्दै रुलिङ गर्न अस्वीकार गरेपछि बैठक चल्न नसकेको हो । विपक्षीको अवरोधपछि बुधबार बैठक पटकपटक स्थगित भए पनि चल्न सकेन ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ११ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर