प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस « Khabarhub

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ नदिने हो भने संसद चल्न नदिने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सचेतक राईले संसद चिया चौतारो नभएको उल्लेख गर्दै प्रधानमन्त्री सदनमा उपस्थित नभए सदन चल्न नदिने र अवरोध गर्ने चेतावनी दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतमा गरेको सम्बोधनलाई सापटी लिँदै उनले सदनलाई चिया चौतारो नभएको र मनलाग्दा आउने मन नलाग्दा नआउने परिपाटी नहुनुपर्ने उल्लेख गरे ।

‘संविधानको धारा १० अनुसार प्रधानमन्त्रीज्यूलाई संसदप्रति उत्तरदायी बनाउन चाहन्छु। प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि सुखद होइन । फेरि पनि आग्रह गर्दछु । सभामुखले रुलिङ गर्नुस् ।’ उनले भने, ‘फेरि पनि भन्छौँ प्रधानमन्त्री सदनमा उपस्थित हुनुभएन भने हामी सदन चल्न दिँदैनौँ ।’

सांसद राईले सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने समेत बताए ।

‘फेरि पनि आग्रह गर्छु, तपाईं हाम्रो अभिभावक हो । संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ,’ राईले भने, ‘यदी प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ११ : ४७ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक