संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’ « Khabarhub

संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी दल नेकपा एमालेले मुलुकमा कतै बालेन तन्त्र हावी हुन आँटेको त होइन भन्दे प्रश्न गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख मार्फत प्रधानमन्त्री वालेन्द्र शाहले लोकतन्त्र भन्दा पनि बालेनतन्त्र विकास गर्न खोजेको हो भन्दै प्रश्न गरेका हुन् ।

साथै उनले प्रधानमन्त्री शाहले पटक पटक संसद्को उपेक्षा गरेको तथा हुर्मत लिने काम भएकोप्रति गम्भीर चासो र चिन्ता रहेको बताए ।

उनले प्रतिनिधि सभाप्रति प्रधानमन्त्री शाह उत्तरदायी नभएकाले आफूहरूले यसको सधैँ विरोध गर्ने बताए ।

‘सरकारले कुन शासन व्यवस्था चलाए अवलम्बन गरिरहेको छ । संविधानमा भएको कि अरु कुनै । कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन । सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ । जवाफदेही बन्नुपर्छ । त्यो जवाफदेही बन्ने भनेको सरकारको नीति तथा कार्यक्रममा हो।’ महरले भने, ‘कुरा नियतको हो । त्यसैले प्रधानमन्त्रीको सदनमा उपस्थित चाहन्छौँ उहाँले जवाफ दिनुहोस् भन्ने चाहन्छौँ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १२ : ११ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा