‘मार्को लु’ बनेर चीन पसे अमेरिकी विदेशमन्त्री रुबियो « Khabarhub

‘मार्को लु’ बनेर चीन पसे अमेरिकी विदेशमन्त्री रुबियो


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै विदेशमन्त्री मार्को रुबियो पनि यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी प्रतिनिधिमण्डलको जम्बो टोलीका साथ राष्ट्रपति ट्रम्प र विदेशमन्त्री रुबियो चीन पुगेका हुन् ।

रुबियो चीनले प्रतिबन्ध लगाएका नेता हुन् । विदेशमन्त्री बन्नु अघिदेखि नै चीनले रुबियोमाथि प्रतिबन्ध लगाएको छ । अहिले आफैँले प्रतिबन्ध लगाएका नेतालाई चीनले कसरी प्रवेश दियो भन्ने चर्चा छ ।

समाचारमा जनाइएअनुसार चीनले जुक्ति लगाएर रुबियोलाई बेइजिङमा स्वागत गरेको हो । अल जजीराका अनुसार चीनले रुबियोलाई बेइजिङमा स्वागत गर्न रुबियोको नाम नै परिवर्तन गरेको छ ।

चीनले अमेरिकी विदेशमन्त्री रुबियोको नाम नै बदलेको छ । आधिकारिक कागजातमा उनको नामको पहिलो अक्षर ‘रु’ लाई बदलेर ‘लु’ राखिएको छ । चिनियाँ रेकर्डमा उनको नाम ‘मार्को लु’ कायम गरिएको छ ।

रुबियोमाथिको प्रतिबन्ध नहटाउनका लागि चीनले यस्तो कूटनीतिक जुक्ति लगाएको अल जजीराले उल्लेख गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले सन् २०२५ को जनवरीमै यसको तयारी गरेको थियो । रुबियो विदेशमन्त्री बनेदेखि नै चीनका सरकारी सञ्चारमाध्यमले उनको नामको उच्चारण परिवर्तन गरिसकेका थिए ।

मन्त्रालयले ट्रम्पसँगै रुबियोलाई पनि चीनमा स्वागत गर्ने संकेत मार्चमै दिएको थियो ।

रुबियो सिनेटर हुँदा चीनले उनीमाथि दुई पटक प्रतिबन्ध लगाएको थियो । क्युबाली मूलका रुबियो कम्युनिष्ट विचारधाराका कट्टर आलोचक हुन् । हङकङ र सिनजियाङ मामिलामा कडा टिप्पणी गरेकै कारण उनी चीनको तारो बनेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ३ : २२ बजे

विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको